कोरोनाबारे सचेत गराउन महानगरीय प्रहरीको ‘माइकिङ’
काठमाडौँ, ७ चैत । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसबारे आम सर्वसाधारणलाई जनचेतना जगाउन महानगरीय प्रहरी बृत्त दरबारमार्गले माइकिङ शुरु गरेको छ ।
प्रहरीले घण्टाघर, कमलादी, नक्साल, गैरीधारा, जयनेपाल, नागपोखरी, लैनचौर, ठमेल लगायत क्षेत्र वरपर कोरोना भाइरसबारे सचेत हुन् माइकबाट आवहान गरिएको छ ।
माईकिङमा कोरोना के हो ? यसको संक्रमण हुन नदिन के गर्ने ? अनावश्यक रुपमा घरबाट ननिस्कने लगायतका कुराहरु भनिएको छ ।
प्रहरीबृत्तको सचेतना अभियान प्रति स्थानीयले धन्यवाद दिएका छन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

