कोरोनाबारे सचेत गराउन महानगरीय प्रहरीको ‘माइकिङ’

140
Shares

काठमाडौँ, ७ चैत । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसबारे आम सर्वसाधारणलाई जनचेतना जगाउन महानगरीय प्रहरी बृत्त दरबारमार्गले माइकिङ शुरु गरेको छ ।

प्रहरीले घण्टाघर, कमलादी, नक्साल, गैरीधारा, जयनेपाल, नागपोखरी, लैनचौर, ठमेल लगायत क्षेत्र वरपर कोरोना भाइरसबारे सचेत हुन् माइकबाट आवहान गरिएको छ ।

माईकिङमा कोरोना के हो ? यसको संक्रमण हुन नदिन के गर्ने ? अनावश्यक रुपमा घरबाट ननिस्कने लगायतका कुराहरु भनिएको छ ।

प्रहरीबृत्तको सचेतना अभियान प्रति स्थानीयले धन्यवाद दिएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *