भोलि देखि सुरु हुने भनिएको एसईई परीक्षा स्थगित

1.5k
Shares

काठमाडौँ, ५ चैत ।  सरकारले भोलि देखि सुरु हुने भनिएको एसईई परीक्षा स्थगित गरेको छ ।  उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोनाभाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले भोलि देखि सुरु हुने भनिएको एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

यसअघि उक्त समितिले उक्त समितिले सार्वजनिक गरेको १५ बुँदामा एसईई सचालन गर्ने उल्लेख थियो । तर उक्त निर्णयको अधिकांंशले विरोध गरेका थिए ।

उपप्रधानमन्त्री पोखरेलले भने, ‘एसईईको हकमा परिस्थितिको गम्भीरता हेरेर भोलिदेखि हुने भनेको परीक्षालाई स्थगन गर्ने र सम्भावित खतराबाट बच्नुपर्छ र बचाउनुपर्छ भनेर हामीले निर्णय गरेका छौँ।’

अब परीक्षाको अर्को मिति सूचना निकालेर जानकारी गराइने उनले बताए।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *