भारतमा एक जना डाक्टरलाई कोरोना पोजेटिभ देखिएपछि ४३ जना उनका सहकर्मी आइसोलेसनमा

1.9k
Shares

एजेन्सी । भारतमा एक मेडिकल कलेजमा कार्यरत ४३ जना डाक्टरहरुलाई आइसोलेसनमा राखिएको छ । आइसोलेसनमा राखिएको केरलाको थिरुभनाथरमस्थित श्री चित्रा तिरुनल इन्स्टिच्युट फर मेडिकल साइन्स एण्ड टेक्नोलोजी( एससीटीआईएमएसटी)मा कार्यरत चिकित्सकहरु हुन् ।

त्यहाँ कार्यरत एक जना चिकित्सकलाई कोरोना भाइरस पोजेटिभ देखिएपछि अन्य चिकित्सकलाई आइसोलेसनमा राखिएको हो ।

सो अस्पतालमा गत शनिबार केन्द्रीय विदेश राज्यमन्त्री भी मुरली धरणले समेत भ्रमण गरेका थिए । उनको त्यहाँ स्वास्थ्य अधिकारीहरुसंग बैठक भएको थियो । अहिले उनलाई पनि दिल्लीस्थित होम क्वारेन्टाइनमा राखिएको छ ।

त्यसो त राज्यमन्त्रीको सचिवालयले बैठक गर्नु अघि कोरोनाको अवस्था बारे सोधेको थियो । अधिकारीहरुले सामान्य बताएपछि बैठकमा सहभागी भएको बताइएको छ ।

उसले सो बैठकमा सहभागी भारतीय जनतापार्टीका स्थानीय नेता तथा कार्यकर्तालाई समेत आइसोलेसनमा रहन निर्देशन दिइएको उल्लेख गरेको छ ।

केरलाका मुख्य मन्त्री पिनारायी विजायनले मेडिकल कलेजमा भएको ठूलो संख्यामा संक्रमण भएको खबरले आफू स्तव्ध भएको बताए । उनले थप सतकर्तााका लागि सम्वन्धीत निकायलाई निर्देशन दिएका छन् ।

कोरोना भाइरस पोजेटिभ देखिने डाक्टर दुई साता अघि स्पेनबाट फर्किएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *