कोरोना भाइरस सतर्कता : ६ हजार ७४४ वडामा स्वयंसेवक परिचालन गर्दै सरकार

3.8k
Shares

काठमाडौँ, ४ चैत । सरकारले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीको अध्यक्षतामा स्वयंसेवक परिचालन समिति गठन गरेको छ ।

स्वास्थ्य तथा शिक्षा मन्त्रीस्तरीय संयुक्त बैठकले कोरोना भाइरसबारे जनचेतना तथा निगरानी गर्न डा गिरीको संयोजकत्वमा ४ सदस्यीय स्वयंसेवक परिचालन समिति गठन गरेको हो । उक्त समितिमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेल, सहसचिव डा गुणराज लोहनी र शिक्षा मन्त्रालयका सहसचिव दीपक शर्मा सदस्य रहेका छन् ।

उक्त समितिले देशभरका ६ हजार ७४४ वडामा स्वयंसेवक खटाउने व्यवस्था गर्दैछ । संयोजक डा गिरीका अनुसार स्वयंसेवकले देशभरका वडाहरुमा हरेक दिन कम्तिमा २ देखि ५ जनाको समूह बनाई घर घर सचेतना कार्यक्रम अघि बढाउने छन् ।

स्थानीय तहमा स्वयंसेवकको छनौट स्थानीय तहकै स्वास्थ्य समितिले गर्नेछ । तर स्वयंसेवकको नेतृत्व महिला स्वास्थ्य स्वयंसेविकाले गर्नेछन् ।

स्वयंसेवकले घरघरमा गएर कोरोना भाइरसबाट जोगिनका लागि ध्यान दिनुपर्ने कुराहरुको बारेमा भन्नेछन् ।

‘स्वयंसेवकहरु स्वाथ्य प्राविधिक पनि हुनेछन् भने अप्राविधिक पनि हुनेछन् । कहिले मेडिकल कलेजले विद्यार्थी पठाउला, कहिले नर्सिङ कलेजले विद्यार्थी पठाउला, कहिले रेडक्रस, कहिले स्काउट, कहिले विद्यालय तथा अन्य कलेजहरुले पनि पठाउलान, त्यो पालो गरेर स्वयंसेवा गर्ने व्यवस्था मिलाउन लागका छौँ,’ डा गिरीले भने ।

चीनबाट फैलिएको नयाँ कोरोना भाइरसले विश्वभर तहल्का मच्चाईरहेको छ । नेपालमा शुरुमा एक जनामा यो भाइरस देखिएपनि त्यसपछि भने देखिएको छैन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *