स्वास्थ्यकर्मी संघको अपिल, ‘कोरोना भाइरस विरुद्धको अभियानमा एक भएर लागौँ’
काठमाडौँ, ४ चैत । नेपाल स्वास्थ्यकर्मी संघले कोरोना भाइरसको संक्रमण हुन नदिनका लागि सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई एक भएर लाग्न आवहान गरेको छ । उसले भाइरस विरुद्धको अभियानमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरुको जोखिमको ख्याल गर्दै स्वास्थ्य सुरक्षात्मक व्यवस्था मिलाउन समेत सरकारसंग अनुरोध गरेको छ ।
संघका महासचिव दीपकराज भट्टले मंगलबार एक अपिल जारी विश्वव्यापी संकटको रुपमा देखा परेको कोरोना भाइरसलाई संक्रमण हुन नदिन र नियन्त्रणमा राख्न सबैले आआफ्नो क्षेत्रबाट विशेष भूमिका खेल्नु पर्ने बताएका छन् । उनले नेपालका विभिन्न स्थानमा राखिएका हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीले अहिलेसम्म खटिएर गरेको काम प्रसंशायोग्य भन्दै अझ सशक्त ढंगले कार्य अघि बढाउन आवहान गरेका छन् ।
संघले अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीलाई मास्क, ग्लोव्स, सेनिटाइजर, पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट लगायतका सुरक्षात्मक सामग्रीको सहज व्यवस्था गर्न सरकारसंग माग गरेको छ ।
हेरौँ विज्ञप्ती

सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

