रिपोर्ट नेगेटिभ आएपछि कोरोनाका आशंकामा आइसोलेसन वार्डमा राखिएका १० जना डिस्चार्ज

1.2k
Shares

काठमाडौँ, ३० फागुन । कोरोनाको आशंकामा विभिन्न अस्पतालका आइसोलेसन वार्डमा भर्ना गरि राखिएका १० जना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हिजो मात्रै शहीद शुक्रराज अस्पताल टेकुबाट ४ जना, पाटन अस्पतालबाट २ जना सिभिल अस्पतालबाट १ जना र अरु केही निजी तथा उपत्यका बाहिरका अस्पतालबाट ३ जना गरी १० जना कोरोना परीक्षण गरिएको थियो ।

उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको प्रयोगशाला स्रोतले बतायो । यता टेकु अस्पतालका प्रवक्ता हिजो आइसोलेसनमा रहेका ४ जनाको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बताए । उनले आज संकास्पद १ जना मात्रै रहेको जानकारी दिए ।

टेकु अस्पतालको आइसोलेसन वार्डमा संकास्पद कोरोनाको पहिलो विरामी १३ जनवरी २०२० मा राखिएको थियो । र, सो बिरामी परीक्षणका क्रममा समेत पोजेटिभ देखिएको थियो । आश्चर्यको कुरा यो छ कि संकास्पद विरामी निको भएर घर फर्किसकेपछि मात्रै (२३ जनवरी २०२० मा) उ कोरोना भाइरस पोजेटिभ हो भन्ने रिपोर्ट आएको थियो ।

त्यसयता कोरोनाको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्दै आएको छ । अहिलेसम्म सरकारी तथा निजी अस्पतालका गरी ४६० जनाको परीक्षण गरिसकिएको जानकारी दिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *