डा. बुद्धिमान श्रेष्ठ गण्डकी प्रदेश विकास परिषद्को सदस्य पदमा मनोनित
काठमाडौँ, ३० फागुन । कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा रिसर्च सेन्टरका अध्यक्ष डा बुद्धिमान श्रेष्ठ गण्डकी प्रदेश विकास परिषद्को सदस्य पदमा मनोनित भएका छन् ।
गत बुधबार बसेको गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले उनलाई विकास परिषद्को सदस्य पदमा मनोनित गर्ने निर्णय गरेको हो ।
चापाकोट नगरपालिका स्याङ्जाका स्थायी बासिन्दा डा श्रेष्ठ युवा उद्धमीको रुपमा परिचित छन् । उनी पछिल्लो समय शैक्षिक, राजनीति र सामाजिक क्षेत्रमा समेत बढी संक्रिय छन् ।
प्रदेश सरकारको निर्णयपछि डा श्रेष्ठले आफूले गर्नुपर्ने कामलाई इमान्दारिताका साथ निभाउने प्रतिक्रिया दिए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



