प्रधानमन्त्रीको स्वास्थ्य सामान्य, नौ दिन पछि भेटिन पत्नी राधिकाले
काठमाडौँ, २९ फागुन । मिर्गौला प्रत्यारोपण गरेको नौँ दिन पछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्नी राधिका शाक्यले भेटेकी छन् । त्रिवि शिक्षण अस्पतालको आइसीयू कक्षमा रहेका ओलीलाई पत्नी शाक्यले आज दिउसो भेटेकी हुन् ।
प्रधानमन्त्री ओलीलाई भेटने उनी दोस्रो भिजिटर हुन् । यसअघि हिजो मात्रै मिर्गौला दाता समीक्षा स्रंगौलाले भेटेकी थिइन ।
यसैबीच त्रिवि शिक्षण अस्पतालले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा उल्लेख्य रुपमा सुधार भएको बताएको छ । अस्पतालका निर्देशक प्राडा प्रेमकृष्ण खड्काद्धारा जारी विज्ञप्तीमा उनको प्रत्यारोपण पछि गरिने परीक्षण भइरहेको र ल्याव तथा भाइटल सूचकहरु राम्रो रहेको उल्लेख छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]