प्रधानमन्त्रीको स्वास्थ्य सामान्य, नौ दिन पछि भेटिन पत्नी राधिकाले

148
Shares

काठमाडौँ, २९ फागुन । मिर्गौला प्रत्यारोपण गरेको नौँ दिन पछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्नी राधिका शाक्यले भेटेकी छन् । त्रिवि शिक्षण अस्पतालको आइसीयू कक्षमा रहेका ओलीलाई पत्नी शाक्यले आज दिउसो भेटेकी हुन् ।

प्रधानमन्त्री ओलीलाई भेटने उनी दोस्रो भिजिटर हुन् । यसअघि हिजो मात्रै मिर्गौला दाता समीक्षा स्रंगौलाले भेटेकी थिइन ।

यसैबीच त्रिवि शिक्षण अस्पतालले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा उल्लेख्य रुपमा सुधार भएको बताएको छ । अस्पतालका निर्देशक प्राडा प्रेमकृष्ण खड्काद्धारा जारी विज्ञप्तीमा उनको प्रत्यारोपण पछि गरिने परीक्षण भइरहेको र ल्याव तथा भाइटल सूचकहरु राम्रो रहेको उल्लेख छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *