डिस्चार्ज भईन् प्रधानमन्त्रीका मिर्गौलादाता समीक्षा संग्रौला

624
Shares

काठमाडौँ, २८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्ने समीक्षा संगौँला त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएकी छन् । प्रधानमन्त्री ओलीको गत बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो । त्यसबेला उनलाई नाताले भान्जी पर्ने समीक्षाले मिर्गौला दान गरेकी थिईन् ।

स्वास्थ्यको सबै सूचकहरु सामान्य अवस्थामा आएपछि आज डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । त्यसअघि समीक्षाले प्रधानमन्त्री ओलीलाई भेटेकी थिइन् ।

मंगलबार गरिएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा दिव्यासिंह शाहले प्रधानमन्त्री ओली र समीक्षा संगसंगै डिस्चार्ज हुने बताएकी थिइन । डा साहले मंगलबार नै डिस्चार्ज गर्ने तयारी भएपनि समीक्षाले प्रधानमन्त्री ओलीसंगै डिस्चार्ज हुने चाहना व्यक्त गरेपछि सो योजना स्थगित गरेको बताइकी थिइन । 

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *