कोरोना त्रास : कोरियाबाट फर्केका दुई नेपालीलाई टेकु अस्पतालको आइसोलेसनमा राखियो

316
Shares

काठमाडौँ, २७ फागुन । कोरोना भाइरस रहेको हुनसक्ने आशंकामा दक्षिण कोरियाबाट फर्किएका दुई जना नेपालीलाई टेकुस्थित शहीद शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ ।

केही दिन अघि कोरियाबाट आएका उनीहरु रुघा खोकी तथा ज्वरो देखिएपछि परीक्षणका लागि टेकु पुगेका थिए ।

जोखिमयुक्त देशबाट फर्किएका र १४ दिन भित्र लक्षण देखिएकाहरुलाई हामी आइसोलेसनमै राख्छौँ । सोही अनुसार राखेका हौँ । अस्पतालका निर्देशक डा सागरराज भण्डारीले भने । उनले अस्पतालको क्वारेन्टाइनमा कोरियाबाट आएका अन्य दुई जना पनि रहेको जानकारी दिए ।

अस्पतालका प्रवक्ता डा अनुप बास्तोलाले कोरोना प्रभावित मुलुकबाट आएकाहरुमा लक्षण मिल्यो आइसोलेसनमा राख्ने गरेको बताए । ‘पछिल्ला दिनहरुमा संकास्पद विरामी आउने जाने क्रम चलिरहेको छ । सम्भावित खतराबाट जोगिनका लागि पनि हामीले संकास्पद व्यक्तिलाई छाडेका छैनौँ,’ उनले भने ।

पछिल्लो चीनमा संक्रमण घटदै जाँदा दक्षिण कोरियामा संक्रमण बढ्दो क्रममा छ । यद्धपी अहिले दक्षिण कोरियालाई इटालीले उछिनेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *