शल्यक्रिया शिविरमा एक सय ५१ को उपचार

88
Shares


लहान, २७ फागुन । सिरहाको लहानस्थित सप्तऋषि अस्पतालको आयोजनामा सम्पन्न निःशुल्क हाडजोर्नी शल्यक्रिया शिविरमा एक सय ५१ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

लहान नगरपालिका र नेपाल ट्रमा सोसाइटीको समन्वय तथा इम्प्याक्ट नेपालको प्राविधिक सहयोगमा सप्तऋषि अस्पतालद्वारा सञ्चालित पाँच दिने शिविरमा ५७ जनाले निःशुल्क पलास्टर र १७ जनाले निःशुल्क शल्यक्रिया गराएका छन् ।

अन्य ७७ जना बिरामीले निःशुल्क स्वास्थ्य चेकजाँच गराएको सप्तऋषि अस्पतालका मेसु डा सुभाषबाबु साहले जानकारी दिए । शिविरमा हात तथा खुट्टा भाँच्चिएर नजोडिएको अथवा बाँङ्गो भएर जोडिएको, शल्यक्रिया गरेर स्टिल लगाएको तथा निकाल्नुपर्ने अवस्था भएको, हात वा खुट्टा भाँच्चिएर उपचार गराउन नसकेको, शल्यक्रिया गरेर पनि हाड नजोडिएको, हाडजोर्नी सम्बन्धी कुनै पनि किसिमको शल्यक्रिया गर्नुपर्ने लगायतका बिरामीलाई स्वास्थ्यसेवा प्रदान गरेको डा साहले बताए ।

निःशुल्क शिविरमा तीनजना विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीले शल्यक्रिया तथा उपचार सेवा प्रदान गरेका थिए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *