रिपोर्ट नेगेटिभ आएपछि टेकु अस्पतालको आइसोलेसन वार्डबाट सबै डिस्चार्ज

1.7k
Shares

काठमाडौँ, २५ फागुन । कोरोनाको आशंकामा आइसोलेसन वार्डमा राखिएका तीन जना व्यक्तिको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई टेकु अस्पतालबाट डिस्चार्ज गरिएको छ । उनीहरु डिस्चार्ज भएपछि अहिले आइसोलेसन वार्ड खाली भएको अस्पतालका प्रवक्ता डा अनुप बास्तोलाले जानकारी दिए ।

टेकु अस्पतालको आइसोलेसन वार्डमा संकास्पद कोरोनाको पहिलो विरामी १३ जनवरी २०२० मा राखिएको थियो । र, सो बिरामी परीक्षणका क्रममा समेत पोजेटिभ देखिएको थियो । आश्चर्यको कुरा यो छ कि संकास्पद विरामी निको भएर घर फर्किसकेपछि मात्रै (२३ जनवरी २०२० मा) उ कोरोना भाइरस पोजेटिभ हो भन्ने रिपोर्ट आएको थियो ।

डा बास्तोलाले त्यसयता अहिलेसम्म ३३ जनालाई आइसोलेसन वार्डमा भर्ना गरिएको बताए । त्यसमा पहिलो विरामी बाहेक बाँकी ३२ जना रिपोर्ट नेगेटिभ आएर घर फर्किएको जानकारी दिए ।

‘खाली भयो भनेर खुशी हुनुपर्ने अवस्था त छैन । संकास्पद केश तत्कालै आईहाल्न पनि सक्छ । तर अहिले भने आइसोलेसन वार्ड खाली छ । यो पनि हाम्रो लागि सकारात्मक कुरा हो,’ उनले अन्त्यमा भने ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *