पुरानो मेडिकल कलेजले सञ्चालनमा ल्यायो कोरोनाभाइरस सहायता कक्ष
चितवन, २५ फागुन । भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) ले आफ्नो परिसरमा कोरोना भाइरस (कोभिड – १९ )सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।
कोरोना भाइरसको उच्च जोखिममा नेपाल रहेको अवस्थामा चितवन त्यसबाट अछुतो नरहने भन्दै सहायता कक्ष सञ्चालनमा ल्याएको हो ।
कलेजका जनसम्पर्क अधिकृत दुर्गा न्यौपानेले कोरोना भाइरसको विश्वव्यापी रुपमा देखिएको प्रकोप र नेपालमा समेत देखिनसक्ने असरलाई दृष्टिगत गर्दै सहायता कक्ष सञ्चालनमा ल्याएको बताए । ‘शुरूदेखि नै हेल्थ डेक्स सञ्चालनमा त थियो तर अझैँ व्यवस्थित गरौँ भनेर छुट्टै हेल्थ डेक्स स्थापना गरेका हौँ,’ उनले भने ।
सहायता कक्षमा स्वास्थ्यकर्मीले सामान्य स्वास्थ्य परीक्षण संगै कोरोना भाइरसबारे जनचेतना दिने गरिएको छ । कोही संकास्पद बिरामी भेटिए तत्कालै अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार गरिने न्यौपानेले बताए ।
उनले बजारमा देखिएको मास्क अभावलाई पूर्ति गर्न अस्पतालले मास्कको उत्पादन समेत शुरु गरेको जानकारी दिए ।
सम्पर्क इमेल : [email protected]