प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौलाको स्वास्थ्यमा सुधार

444
Shares

काठमाडौँ, २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौलाको स्वास्थ्यमा अपेक्षा अनुरुप सुधार भइरहेको चिकित्सकले बताएका छन् । अहिले उनले साधारण खाना खान थालेकी छन्, सामान्य हिडडुल गर्न समेत थालिसकेकी छन् ।

अस्पतालका निर्देशक प्राडा प्रेमकृष्ण खड्गाले समीक्षाको स्वास्थ्यमा पनि उल्लेख्य प्रगति भएको सुनाए । ‘अहिले उहाँको भाइटल तथा ल्याव सूचकहरु सामान्य छ । उहाँले नर्मल खाना खानुका साथै हिडडुल गर्न समेत थाल्नु भएको छ,’ प्राडा खड्काले भने ।

दुई सन्तानकी आमा ३२ बर्षीया समीक्षा प्रधानमन्त्री ओलीको भान्जी हुन् । उनले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका ओलीलाई मिर्गौला दिएकी हुन् । मिर्गौला प्रत्यारोपण भएको आज चार दिन भएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *