प्रधानमन्त्री ओलीको स्वास्थ्य अपडेट : हिडाउन थालियो, ठोस आहार लिए

132
Shares

काठमाडौँ, २३ फागुन । मिर्गौला प्रत्यारोपण गरिएको आज तेस्रो दिनदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिँडडुल गराउन र ठोस आहार दिन थालिएको छ । उनको स्वास्थ्यावस्थामा पनि क्रमिक सुधार भइरहेको बताइएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाका अनु्सार प्रधानमन्त्रीका ‘भाइटल’ र प्रयोगशाला परीक्षणका सूचक सामान्य छन् ।

उनका अनुसार मिर्गौलादाता समीक्षा सङ्ग्रौलाको स्वास्थ्यस्थितिमा पनि क्रमिक सुधार भइरहेको र उनलाई पनि ठोस आहार दिन थालिएको छ ।

प्रधानमन्त्री ओलीको गत बुधबार त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *