स्वास्थ्यका दुई जना निर्देशकद्धारा पद वहाली

468
Shares

काठमाडौँ, २३ फागुन । जिम्मेवारी हेरफेरमा परेका दुई जना निर्देशकले बुधबारदेखि नयाँ जिम्मेवारी सम्हालेका छन् । स्वास्थ्य सेवा विभाग राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रमा सरुवा भएका डा रमेशकुमार खरेल र सार्क क्षयरोग तथा एड्स एचआईभी केन्द्रमा सरुवा भएका डा विवेककुमार लालले जिम्मेवारी सम्हालेका हुन् ।

त्यसअघि डा खरेल सार्क क्षयरोग तथा एड्स एचआईभी केन्द्रमा निर्देशक थिए । उनले सोही दिन डा विवेकलाई आफ्नो स्थानमा राखेर टेकु पुगेको बताए ।

डा विवेक भने टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण शाखामा प्रमुख थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले गत ८ मंसिरमा मन्त्रीस्तरीय निर्णय गर्दै उनीहरुलाई नयाँ जिम्मेवारी दिएका हुन् ।

त्यसदिन डा खरेल र डा विवेक मात्रै होईन एघारौँ तहका थुप्रै स्वास्थ्यकर्मीको जिम्मेवारी हेरेफेर गरिएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *