कोरोना भाइरसबारे संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव ल्याइदै

108
Shares


काठमाडौँ, २३ फागुन । प्रतिनिधिसभाको आजको बैठकमा कोरोना भाइरस (कोभिड – १९)बारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस हुने भएको छ । कांग्रेस सांसद गगनकुमार थापाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्न लागेका हुन् ।

सांसद थापाले दर्ता गर्ने सो प्रस्तावका समर्थकहरुमा सांसदहरु सञ्जयकुमार गौतम, दिव्यमणि राजभण्डारी, राजेन्द्रकुमार केसी र नारायण खड्का छन्।

प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्दै छ। संसद सचिवालयले सार्वजनिक गरेको शुक्रबारको सम्भावित कार्यसूचीमा पनि यो कुरा उल्लेख छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *