नयाँ स्वास्थ्य सचिव कोइरालाले जिम्मेवारी सम्हाले

804
Shares

काठमाडौँ, २१ फागुन । निजामती समूहका नयाँ स्वास्थ्य सचिव यादवप्रसाद कोइरालाले जिम्मेवारी सम्हालेका छन् । उनी आज स्वास्थ्य मन्त्रालय पुगि जिम्मेवारी सम्हालेका हुन् ।

स्वास्थ्यबाट निजामति तर्फका सचिव खगराज बरालले मंगलबार (हिजो) मात्रै विदा भएका थिए । सरकारले अघिल्लो सोमबार चार जना सचिवहरुको जिम्मेवारी हेरफेर गरेको थियो । सो क्रममा स्वास्थ्यमा संघीय तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कोइरालालाई र स्वास्थ्यमा रहेका सचिव बरालललाई उपराष्ट्रपति कार्यालय सरुवा गर्ने निर्णय गरेको थियो ।

पदवहाली कार्यक्रममा मन्त्रालय तथा विभागका उच्च अधिकारी तथा कर्मचारीहरुको सहभागिता थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *