प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण आज, को – को खटिदैँछन् ?

948
Shares
फाइल तस्बिर

काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण आज हुने भएको छ । अहिले विहान ९ बजे देखि प्रत्यारोपणको कार्य थालनी प्रत्यारोपण टोलीको नेतृत्वकर्ता चिकित्सक प्राडा प्रेम ज्ञवालीले बताए ।

उनका अनुसार प्रत्यारोपणमा छ जना सर्जन सहभागी हुँर्दैछन् । ‘मेरो नेतृत्वमा हाम्रा एचओडी प्राडा उत्तम शर्मा, डा पवनराज चालिसे, डा. सुमन चापागाईं, डा. सुजित पौडेल र डा. मनीष प्रधान सहभागी हुनुहुँदैछ,’उनले भने ।

त्यसो त प्रत्यारोपणलाई सगाउनका लागि भारतीय डाक्टर अनन्तकुमारले पनि नेपाल मेडिकल काउन्सिलबाट ६ दिनको स्वीकृति लिएर बसेका छन् । उनीपनि प्रत्यारोपणमा प्रत्यक्ष रुपमा सहभागी हुने बताइएको छ ।

यस्तै प्रत्यारोपणको मेडिकल टीममा प्राडा दिव्या सिंह शाह, डा. महेशराज सिग्देल, डा. मकुन्द काफ्ले, डा. रविन नेपाली छन् । एनेसथेसियासहित क्रिटिकल केयरमा डा. सुवास आचार्य र डा अनिल श्रेष्ठ खटिनेछन् ।

पुनम सिन्हाको नेतृत्वमा पाँचजनाको नर्सिङ टोली छ ।

त्यस्तै, कलेजोमा समस्या देखिए डा. रमेशसिंह भण्डारी, फोक्सोमा समस्या देखिए डा. सन्तकुमार दास र मुटुमा समस्या देखिए डा. अरुण सायमी पनि तयारी अवस्थामा रहनेछन् ।

यसअघि प्रधानमन्त्री ओलीको मंगलबार ‘डायलसिस’ गरिएको छ भने प्रत्यारोपणपछि शरीरलाई अन्य व्यक्तिको मिर्गौला स्वीकार गर्न सहज बनाउन ‘इम्युनो सप्रेसेन्ट’ औषधि चलाइएको छ ।

शल्यक्रिया अघि आवश्यक सबै परीक्षण गरिएको छ । यसअघि मुटुलगायतका परीक्षण भइसकेका उनको फोक्सोको स्थितिसमेत राम्रो देखिएको चिकित्सकले बताएका छन् ।

प्रधानमन्त्री ओलीको १२ बर्ष अघि भारतको अपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *