चीनबाट ल्याइएका विद्यार्थी र क्रु मेम्बर क्वारेन्टाइनमा बसेको १४ दिन पुग्यो, आज दोस्रो जाँच लिइदै

504
Shares
फाइल तस्बिर : खरिपाटी क्वारेन्टाइनस्थल

काठमाडौँ, १७ फागुन । चीनबाट ल्याएर खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणमा तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राखिएका १७५ जनाको दोस्रो चरणको कोरोना टेष्ट आज हुँदैछ । यस्तै आजै र नगरकोटस्थित खानेपानीको तालिम केन्द्रमा राखिएका जहाजका क्रु मेम्बरको पनि स्वाव निकालेर परीक्षण गरिनेछ ।

उहानमा नेपालीको उद्धार गर्न गएका पाइलट, एयर होस्टेज सहितका १६ जना क्रु मेम्बरहरुलाई नगरकोट राखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्राविधिकहरुले आज उनीहरुको थ्रोट स्वाव झिकेर परीक्षण गर्नेछन् । सो परीक्षण रिपोर्ट नेगेटिभ आएमा उनीहरुलाई पूर्ण स्वस्थ रहेको प्रमाणपत्र सहित विदा गरिने सरकारको तयारी छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले क्वारेन्टाइनमा रहेको आज १४ दिन भएको र अहिलेसम्म कसैको स्वास्थ्यमा समस्या नदेखिएकोले आज पुन टेष्ट गरी नेगेटिभ देखिएमा घर पठाउने तयारी रहेको बताए । ‘एकैपटक धेरै जनाको परीक्षण गर्नुपर्ने भएकोले रिपोर्ट आउन एक दुई दिन बढी लाग्न सक्छ,’ उनले भने ।

सरकारले कोरोना अति प्रभावित चीनको वुहानबाट १७५ जना विद्यार्थीलाई गत फागुण ४ गते उद्धार गरी ल्याएको थियो । ल्याउने दिन अर्थात चौध दिन अघि उनीहरुको पहिलो चरणको जाँच गर्दा सबै जनामा नेगेटिभ आएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *