एघारौँ तहमा बढुवाका लागि तीन जना डाक्टर सिफारिस

2.7k
Shares

काठमाडौँ, १६ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिले तीन जना डाक्टरलाई एघारौँ तहमा बढुवाका लागि सिफारिस गरेको छ । बढुवाका लागि सिफारिसमा पर्नेहरुमा डा पिताम्बर सुवेदी, डा रामपुकार शाह र डा अभय पोखरेल रहेका छन् ।

उनीहरुमध्ये डा सुवेदीलाई प्रमुख कन्सलटेन्ट पेडियाट्रिसियन पदमा, डा शाह र डा पोखरेललाई प्रमुख कन्सलटेन्ट एनेस्थेसियोलोजिष्ट पदमा बढुवाका लागि सिफारिस गरिएको हो ।

बढुवा समितिको गत १४ फागुनमा बसेको बैठकले उनीहरुलाई सिफारिस गर्ने निर्णय भएको बताइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *