केडीसीमा ‘टेम्पोरोम्यान्डेवल डिसअर्डर’ सम्वन्धी कार्याशाला गोष्ठी सम्पन्न

196
Shares

काठमाडौँ, १० फागुन । मुख तथा दन्त स्वास्थ्यमा देखिने एउटा समस्या ‘टेम्पोरोम्यान्डेवल डिसअर्डर’ सम्वन्धी एक दिने कार्याशाला गोष्ठी कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टरमा सम्पन्न भएको छ ।

कान्तिपुर डेन्टल कलेज (केडीसी) र अर्थोडोन्टिक सोसाइटी अफ नेपालको संयुक्त आयोजनामा भएको उक्त कार्याशाला गोष्ठीमा प्रख्यात भारतीय डाक्टर डा राजेश रविन्द्रनाथनले न्युरोमस्कुलर डेन्ट्रिष्टी सम्वन्धी प्रस्तुति दिएका थिए ।

गोष्ठीमा काठमाडौँ उपत्यका र बाहिरका विभिन्न अस्पताल तथा मेडिकल कलेजका ५० बढी चिकित्सक तथा प्राध्यापकहरुको सहभागिता रहेको थियो ।

‘मुख तथा दन्त स्वास्थ्यसम्वन्धी समस्या भन्ने वित्तिकै धेरै जसोले दाँतमा किराले खाने, गिजा दुख्ने, दाँत बांगोटिङ्गो हुने जस्ता कुरा मात्रै ठानिन्छ तर मुखको जोइन्ट, तथा म्यान्डेवल डिसअर्डर सम्वन्धी समस्या पनि हुन्छन् । यसलाई समेटने गरी गोष्ठी गरिएको हो,’ केडीसीका ओरल एण्ड रेडियोलोजी युनिट प्रमुख डा अंकित साहले जानकारी दिए ।

गोष्ठीमा न्युरो मस्कुलर डेन्टीस्ट्रीको डेमोस्ट्रेसन समेत गरिएको थियो । गोष्ठीमा केडीसीका प्रिन्सिपल तथा अर्थोडोन्टिक सोसाइटीका अध्यक्ष डा रविन्द्रमान श्रेष्ठले कार्यक्रमको महत्वबारे चर्चा गरेका थिए ।

डा साहका अनुसार नेपालमा अहिलेसम्म न्युरो मस्कुलर डेन्टीस्ट्री सम्वन्धी राम्रो उपचार केन्द्र अहिलेसम्म स्थापना भएको छैन । केडीसीले निकट भविस्यमै सो सेवा उपलव्ध गराउन लागेको समेत डा साहले बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *