स्वास्थ्य सेवा विभागको महानिर्देशक बने महेन्द्रप्रसाद श्रेष्ठ, डा. लोहनीलाई योजना महाशाखा

10.4k
Shares

काठमाडौँ, ८ फागुन । स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकको जिम्मेवारी महेन्द्र प्रसाद श्रेष्ठले पाएका छन् । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले विहीबार मन्त्रिस्तरीय निर्णय गर्दैै श्रेष्ठलाई सो जिम्मेवारी दिएका हुन् ।

विभागका निमित्त महानिर्देशक रहेका डा रोशन पोखरेललाई स्वास्थ्य  मन्त्रालय सरुवा गरिएको छ ।

डा. गुणराज लोहनी

यस्तै मन्त्रालयमा नीति योजना महाशाखाको जिम्मेवारी डा गुणराज लोहनीले पाएका छन् । यसअघि सो जिम्मेवारी डा विकास देवकोटाले सम्हाल्दै आएका थिए । डा देवकोटालाई स्वास्थ्य समन्वय महाशाखा जिम्मेवारी दिइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *