बंगलादेशमा मेडिकल अध्ययनरत नेपाली विद्यार्थीद्धारा परराष्ट्र मन्त्री ज्ञवालीको ध्यानाकषर्ण

472
Shares

काठमाडौँ, ८ फागुन । बंगलादेश भ्रमण रहेका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसंग मेडिकल विषयको अध्ययन गर्न त्यहाँ पुगेका नेपाली विद्यार्थीहरुले भेट गरेका छन् । सो अवसरमा उनीहरुले आफूहरुलाई परेको समस्या र सरकारले चाल्नुपर्ने कदमको बारेमा मन्त्री ज्ञवालीको ध्यानाकर्षण समेत गराएका छन् ।

नेप्लीज मेडिकल स्टुडेन्ट एसोसिएशन बंगलादेशका अध्यक्ष नवीन यादव नेतृत्वको विद्यार्थी टोलीले मन्त्री ज्ञवालीसंग भेट गरेको थियो । सो अवसरमा उनीहरुले बंगलादेशमा रहेका विद्यार्थीको समस्याहरु समेटेर तीन बुधे ध्यानाकर्षण पत्र समेत बुझाएका थिए ।

ध्यानाकर्षण पत्रमा उनीहरुले नेपाली विद्यार्थीहरुलाई भिषाको समस्या भएको, कलेजको मापदण्ड नतोकिदा नेपाली विद्यार्थी ठगिने गरेको, कलेजको बारेमा जानकारी नै नदिइदा समेत भर्नाका लागि स्वीकृति दिँदा परेको आदि उल्लेख छ ।

सो अवसरमा मन्त्री ज्ञवालीले नेपाली विद्यार्थीको समस्याको बारेमा सरकार गम्भीर रहेको भन्दै सम्वन्धित निकायपछि परामर्श लिएर कदम चाल्ने आश्वासन दिएका थिए ।

मन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्र यस्तो छ :

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *