न्याम्समा चार जना सिनेट सदस्य नियुक्त, नर्सिङ काउन्सिल सदस्यमा भेटुवाल

9.2k
Shares

काठमाडौँ, २८ माघ । सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को रिक्त सिनेट सदस्य पदमा चार विज्ञहरुको नियुक्ती गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रसूतिगृह अस्पतालका निर्देशक डा जागेश्वर गौतम, कान्ति बाल अस्पतालका निर्देशक डा आरपी विच्छा, संविधानसभाका सदस्य पेम्वा लामा र जनस्वास्थ्यकर्मी भक्तिमान सुव्वालाई रिक्त सदस्य पदमा नियुक्त गरेको हो ।

यसैगरी सोमबारकै मन्त्रिपरिषदको बैठकलले नेपाल नर्सिङ काउन्सिलको रिक्त सदस्य पदमा भारती भेटुवाललाई नियुक्त गरेको छ ।

उनी हेल्पिङह्याण्ड सामुदायिक अस्पतालको मेट्रोन हुन् । उनी यसअघि पनि सदस्य काउन्सिलको सदस्य बनेकी थिइन ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *