न्याम्समा चार जना सिनेट सदस्य नियुक्त, नर्सिङ काउन्सिल सदस्यमा भेटुवाल

काठमाडौँ, २८ माघ । सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को रिक्त सिनेट सदस्य पदमा चार विज्ञहरुको नियुक्ती गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रसूतिगृह अस्पतालका निर्देशक डा जागेश्वर गौतम, कान्ति बाल अस्पतालका निर्देशक डा आरपी विच्छा, संविधानसभाका सदस्य पेम्वा लामा र जनस्वास्थ्यकर्मी भक्तिमान सुव्वालाई रिक्त सदस्य पदमा नियुक्त गरेको हो ।

यसैगरी सोमबारकै मन्त्रिपरिषदको बैठकलले नेपाल नर्सिङ काउन्सिलको रिक्त सदस्य पदमा भारती भेटुवाललाई नियुक्त गरेको छ ।

उनी हेल्पिङह्याण्ड सामुदायिक अस्पतालको मेट्रोन हुन् । उनी यसअघि पनि सदस्य काउन्सिलको सदस्य बनेकी थिइन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *