एम्बुलेन्स प्रयोग गरेर गाँजा तस्करी गर्ने पक्राउ

120
Shares


हेटौँडा, १२ माघ । बिमारी बोक्न प्रयोग गरिने सरकारी एम्बुलेन्समा लागू औषध गाँजा तस्करी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहट डुमरियाका ३९ वर्षीय महमद खलिद, सोही ठाउँका १९ वर्षीय अशोक कुमार र भारत बिहारका २२ वर्षीय विनोद सहनी रहेका छन् । खालिद एम्बुलेन्सका चालक हुन । पक्राउ परेका तीनैजनालाई आज पत्रकार सम्मेलनमार्फत प्रहरीले सार्वजनिक गरेको हो ।

गाँजा तस्करी गर्न प्रयोग भएको बा २ झ १७४९ नम्बरको एम्बुलेन्स पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुलाई एम्बुलेन्समा गाँजा लैजाँदै गरेको भन्ने सूचनाका आधारमा शनिबार साँझ पक्राउ गरेको जनाएको छ । मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको एम्बुलेन्समा गाँजा राखेर लगिरहेको भन्ने सूचनाका आधारमा डुमरिया स्वास्थ्य चौकीको उक्त एम्बुलेन्सलाई प्रहरीले हेटौँडाको नेवारपानीमा रोकी जाँच गर्दा तीन झोलामा छ पोका बनाई लुकाई राखेको साढे ३० किलोग्राम गाँजा फेला पारेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुका साथबाट नेपाली रु ९१ हजार र दुई हजार भारतीय रुपैँयासमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशिलसिंह राठौरले जानकारी दिए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *