‘अन्तराष्ट्रिय स्तर’को खङ्ग्री अस्पताल सञ्चालनमा आउँदै

444
Shares

काठमाडौँ ८ माघ । यसै साता देखि जोरपाटीमा अन्तराष्ट्रिय स्तरको र सुविधा सम्पन्न दावी गरिएको एक नयाँ अस्पताल संचालनमा आउने भएको छ ।

दुई बर्ष लगाएर निर्माण सम्पन्न गरेको खङ्ग्री अन्तराष्ट्रिय अस्पताल आगामी शनिबारबाट संचालनमा आउँने भएको हो ।

अस्पतालले २५ शैया क्षमताबाट सेवा शुरु गर्दैछ ।

सेवा प्रारम्भ गरेको अवसरमा आगामी शनिबारबाट अस्पतालले एक हप्तासम्म निःशुल्क विशेषज्ञ सेवा दिने भएको छ ।
अस्पतालकी प्रमुख डा लक्ष्मी आवाले सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने बताइन ।

अस्पतालले अत्याधुनिक वेडहरु राखेको छ । निजी अस्पतालहरुमा जनता महंगो सेवा लिन बाध्य हुन्छन भन्ने भ्रमलाई हटाउन पनि खङ्ग्री अन्तराष्ट्रिय अस्पतालले सर्वशुलभ रुपमा काम गर्ने डा आवाले दावी गरिन ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *