नेपाल चिकित्सक संघको निर्वाचन भोलि देखि शुरु हुँदै, तयारी पुरा

440
Shares

काठमाडौँ, ३ माघ । नेपालकै पुरानो पेशागत संस्था नेपाल चिकित्सक संघको निर्वाचन २८ औँ केन्द्रीय कार्यकारिणी समिति (२०७६ – ०७९ कार्यकाल लागि) को निर्वाचनको शनिबार (भोली) देखि शुरु हुँदैछ । शनिबार र आईतबार गरी २ दिन काठमाडौँ उपत्यका बाहिरको १५ स्थानमा निर्वाचन हुँदैछ । उपत्यकामा भने आगामी १७ देखि २१ माघमा निर्वाचन हुने तालिका छ ।

प्रमुख निर्वाचन अधिकृत डा बाबुराम मरासिनीले निर्वाचनको तयारी पुरा भएको जानकारी दिए । उनले भने,’ जुम्ला बाहेक सबै स्थानमा मतदान सामाग्री पुगिसकेको छ । जुम्लामा पनि आज रातीसम्ममा मतदान सामग्री पुग्छ ।’  मौसममा आएको गडबडीका कारण जुम्लाको हवाई उडान रोकिदा स्थलमार्गबाट सामग्री पठाएको उनले बताए ।

निर्वाचन समितिले विहान शनिबार र आईतबारका लागि विहान ११ बजे देखि अपरान्ह ४ बजेसम्म मतदानको समय छुट्याएको छ । विहान ११ बजे अघि चिकित्सकहरुले नियमित रुपमा विरामी हेर्नुपर्ने भन्दै सो समय तय गरिएको उनले बताए ।

करीब १० हजार मतदाता रहेको यसपटकको निर्वाचनमा करीब ४० प्रतिशत उपत्यका बाहिरका रहेको डा मरासिनीको भनाई छ ।

समितिले भोलि र पर्सीको निर्वाचनमा भोट हाल्न छुटेकाले १७ देखि २१ सम्म उपत्यकामा हुने निर्वाचनमा सहभागी हुन सक्ने व्यवस्था गरेको छ । तर त्यसका लागि निवेदन दिनुपर्ने र मुल सूचीमा मतदाता नामावली हुनुपर्ने व्यवस्था गरेको छ ।

निर्वाचनमा ३० जना उम्मेद्धार
यसपटक निर्वाचनमा मुख्य त लोकतान्त्रिक प्यानल र पेशागत समावेशी प्यानलबीचमै प्रतिस्पर्धा देखिने छ । तर महासचिव र सदस्यका केही पदमा स्वतन्त्र रुपमा समेत उम्मेद्धार छन् ।

उम्मेद्धारहरु यसप्रकार छन्

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *