दमौली : घरआँगनमा स्वास्थ्य सेवा प्रदान

64
Shares

दमौली, २८ पुस । तनहुँको भीमाद नगरपालिका–८ भानुमतिस्थित हिमालय माध्यमिक विद्यालयमा आयोजित दुई दिने स्वास्थ्य शिविरबाट ७०० भन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय, तनहुँको भीमाद नगरपालिका र स्वास्थ्य कार्यालयको संयुक्त आयोजनामा शनिबार र आइतबार शिविर सञ्चालन गरिएको थियो ।

भीमाद नगरपालिकाका विभिन्न वडा र स्याङ्जाको हरिनास गाउँपालिकाका स्थानीयवासीले स्वास्थ्य परीक्षण गरेका थिए । जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, हिमालय आँखा अस्पताल पोखरा, गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा छाला तथा यौनरोग, स्त्रीरोग, हाडजोर्नी, नाक, कान, घाँटी, दन्तरोग, भिडियो एक्सरे, जनरल मेडिसिन, प्रयोगशाला सेवा, आँखा उपचार सेवा प्रदान गरिएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

उनका अनुसार शिविरमा निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।“ग्रामीण भेगका सर्वसाधारणलाई गाउँमै स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्य शिविरको आयोजना गरेको र्हाँ”, उनले भने, “ अगामीदिनमा स्वास्थ्य सेवालाई थप सहज बनाउँदै जानेछौँ ।”

शिविरमा गण्डकी मेडिकल कलेज पोखराका हाडजोर्नी विशेषज्ञ डा हरि शर्मा, दाँतरोग विशेषज्ञ डा साधना घिमिरे, डा विवेक राई, स्त्रीरोग विशेषज्ञ डा सविता थापा, जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका डा रामकुमार श्रेष्ठ, डा राजकुमार गजमेर, हिमालय आँखा अस्पतालका गोविन्दनाथ योगी, मुस्कान गुप्ता, भीमाद प्राथमिक स्वास्थ्य केन्द्रका डा प्रकाश नेपालीले स्वास्थ्य सेवा प्रदान गरेका थिए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *