केयुका चारवटा मेडिकल कलेजलाई काउन्सिलद्धारा डीएम/एमसीएचको सिट निर्धारण

1.9k
Shares

काठमाडौँ, १८ पुस । नेपाल मेडिकल काउन्सिलले काठमाडौँ विश्वविद्यालय (केयु)बाट सम्वन्धन प्राप्त चारवटा मेडिकल कलेजलाई डीएस एमसीएच कार्यक्रमको लागि सिट निर्धारण गरेको छ । गत २१ पुसमा बसेको काउन्सिलको १४ औँ पूर्ण बैठकले चिकित्सा शिक्षा आयोगले गत २१ कात्तिकमा पठाएको पत्र अनुसार नयाँ सिट निर्धारण गरेको हो ।

काउन्सिलका रजिष्ट्रार डा कृष्ण अधिकारीका अनुसार डिएमएमसीएच कार्यक्रम सञ्चालन गर्न मणिपाल कलेज अफ मेडिकल साइन्सेज पोखरालाई डीएम कार्डियोलोजी एक सिट, कलेज अफ मेडिकल साइन्सेज भरतपुरलाई डीएम ग्यास्ट्रोइन्टेरोलोजी एक सीट, डीएम नेफ्रोलोजी एक सीट, एचसीएच युरोलोजी एक सीट, र एमसीएच सर्जिकल ग्यास्ट्रोईन्टेरोलोजी एक सिट दिने निर्णय गरेको छ । यस्तै काठमाडौँ मेडिकल कलेज ुिसनामंगलका लागि एमसीएच प्लास्टिक सर्जरी एक सीट, र नेपाल मेडिकल कलेज जोरपाटीलाई डीएम नेफ्रोलोजी एक सीट दिने निर्णय गरेको छ ।

सोही दिनको बैठकले मणिपाललाई डीएम नेफ्रोलोजी, नोवेल मेडिकल कलेजलाई डीएम नेफ्रोलोजी र डीएम काडियोलोजी, काठमाडौँ मेडिकल कलेजलाई एमसीएच युरोलोजी र एमसीएच सर्जिकल ग्याष्ट्रोइन्टेरोलोजी तथा नेपाल मेडिकल कलेजलाई एमसीएच युरोलोजी विषयको पढाई सञ्चालन गर्न सक्ने विषयमा काउन्सिल सकारात्मक रहेको जानकारी केयु र आयोगलाई जानकारी गराउने निर्णय गरेको छ ।

तर, लुम्बिनी मेडिकल कलेज पाल्पालाई एमसीएच युरोलोजी तथा काठमाडौँ मेडिकल कलेज सिनामंगलले प्रस्ताव गरेको एमसीएच न्युरो सर्जरी विषयको कार्यक्रम सञ्चालन गर्न नसक्ने निस्कर्ष निकाल्दै केयुलाई सो विषयमा जानकारी गराउने निर्णय गरेको छ ।

सोही दिनको बैठकले नेशनल इन्स्टिच्युट अफ न्युरोलोजीकल एण्ड एलाइड साईन्सेस बाँसबारी, काठमाडौँमा सञ्चालन हुने एमसीएच न्युरो सर्जरी विषयका लागि काउन्सिलबाट भएको निरीक्षण प्रतिवेदन सहितका कागजातहरु थप प्रक्रियाका लागि चिकित्सा शिक्षा आयोगमा पठाउने निर्णय गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *