सेवा सुधार गर्न कोशी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीको नौँ बुँदे प्रतिवद्धता

मोरङ, १३ पुस ।  विराटनगरस्थित कोशी अस्पतालका चिकित्सक तथा कर्मचारीले ९ बुँदे प्रतिवद्धता जारी गरेका छन् । अस्पतालका सेवामा सुधार ल्याउन तथा सेवाग्राहीलाईको सहज पहुँचमा स्वास्थ्य सेवा उपलव्ध गराउन प्रतिवद्धता जारी गरेका हुन् ।

प्रतिवद्धतामा पुरा समय ड्युटी गर्ने, अस्पताल भित्र मादक पदार्थ तथा सूर्तिजन्य पदार्थ सेवन नगर्ने ? ड्रेस तथा परिचयपत्र लगाउने, सेवाग्राहीसंग हसिलो रुपमा प्रस्तुत हुने देखि ड्युटिमा रहँदा मोवाइल फोन साइलेन्ट राख्नेसम्मका छन् । यस्तै अस्पतालमा उपलव्ध सेवा परीक्षण र औषधिका लागि बिरामीलाई बाहिरी क्लिनिक तथा नर्सिङ होममा पठाउने छैन, अस्पतालमा झैझगडा र नराम्रो बोली व्यवहार गर्ने छैन, अस्पतालको सरसफाई र विकासमा विशेष ध्यान दिनेछु र विरामीको सेवा सेवाग्राहीको सन्तुष्टी नै अस्पतालको सफलता र सार्थकताको मुलमन्त्र साकार बनाउन प्रयत्नररत रहनेछु भन्ने छ ।

‘हाम्रो उद्धेश्य अस्पतालको सेवा सुधार गर्ने, सेवाग्राहीलाई कसरी सर्वसुलभ रुपमा प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न सकिन्छ भन्ने नै हो,’ मेडिकल सुपरीटेन्डेन डा गुणराज लोहनीले भने । उनले अस्पतालमा कार्यरत ६०० बढी स्वासथ्यकर्मी तथा कर्मचारीले यो प्रतिवद्धतामा हस्ताक्षर गरिसकेको बताए ।

३५० शैय्याको कोशी अस्पतालमा अहिले दैनिक औसत एक हजार विरामी ओपिडीमा आउने गर्दछन् ।

यस्तो छ प्रतिवद्धता

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *