भ्रष्टाचार गरेको अभियोगमा स्वास्थ्य कार्यालय पाल्पाका सिअहेब विष्टविरुद्ध मुद्दा

काठमाडौँ, ११ पुस ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सिअहेव मिनबहादुर विष्टविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ।

अख्तियारले विष्टविरुद्ध २ लाख ३४ हजार बिगो कायम गरि विशेष अदालतमा शुक्रबार आरोपपत्र दायर गरेको हो।

सिअहेव विष्टले नक्कली बिल भरपाई पेश गरी गाडी भाडावापत दुई लाख ३४ हजार रुपैयाँ हिनामिना गरेको देखिन आएको भन्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गर्दै आरोपपत्र दायर गरेको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *