भ्रष्टाचार गरेको अभियोगमा स्वास्थ्य कार्यालय पाल्पाका सिअहेब विष्टविरुद्ध मुद्दा

3.8k
Shares

काठमाडौँ, ११ पुस ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सिअहेव मिनबहादुर विष्टविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ।

अख्तियारले विष्टविरुद्ध २ लाख ३४ हजार बिगो कायम गरि विशेष अदालतमा शुक्रबार आरोपपत्र दायर गरेको हो।

सिअहेव विष्टले नक्कली बिल भरपाई पेश गरी गाडी भाडावापत दुई लाख ३४ हजार रुपैयाँ हिनामिना गरेको देखिन आएको भन्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गर्दै आरोपपत्र दायर गरेको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *