डा. सन्तोष उपाध्याय बने यस बर्षको ‘मिस्टर नेपाल’

440
Shares

काठमाडौँ, ११ पुस । डा. सन्तोष उपाध्यायले मिस्टर नेपाल २०१९ को उपाधि जितेका छन्। एक्स्पोज नेपालले बिहीबार आयोजना गरेको प्रतियोगितामा २२ जना प्रतिस्पर्धिलाई उछिन्दै डा. उपाध्यायले मिस्टर नेपालको उपाधि जितेका हुन् ।

उनले मुख्य उपाधिसँगै मिस्टर ट्यालेन्ट, मिस्टर फोटोजेनिकको उपाधि समेत जितेका छन्।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगंज क्याम्पसबाट एमबीबीएस सकेका डा उपाध्याय हाल कमलबजार प्राथमिक स्वास्थ्य केन्द्र अछाममा मेडिकल अफिसरको रुपमा कार्यरत छन्।

चिकित्सा पेसाबाहेक फोटोग्राफी, स्केचआर्ट, संगीतमा रुची रहेको उनले बताए।

सन् २००१ देखि नियमित आयोजना हुँदै आएको नेपालको प्रतिष्ठित प्रतियोगिता रहेको मिस्टर नेपाल घोषित भएका डा. उपाध्यायले अब सन् २०२० मा आयोजना मिस्टर वर्ल्डको प्रतियोगितामा सहभागिता जनाउने छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *