नेपाल नर्सिङ संघमा नयाँ नेतृत्व छनौट गर्न मतदान आज हुँदै

80
Shares

काठमाडौँ, ९ पुस ।  नेपाल नर्सिङ संघको १९ औँ कार्यसमितिको निर्वाचन कार्यक्रम अन्तरगर्त मतदान कार्य शुरु भएको छ । देशका २१ वटा स्थानमा तोकिएको मतदान केन्द्रमा विहान ७ बजे देखि मतदान कार्य शुरु भएको हो । मतदान कार्य अपरान्ह ५ बजेसम्म चल्ने निर्वाचन समितिका प्रमुख आयुक्त लक्ष्मी राईले बताइन ।

नेपाल नर्सिङ संघको निर्वाचनका लागि यसपटक १५ हजार १५९ जना मतदाता छन् । नर्सिङ परिषदमा दर्ता भएको अनमी र नर्सको संख्या ९० हजार ८१७ पुगेको छ । तर नर्सिङ संघको सदस्य बन्नेको संख्या करीब ६ गुणा कम छ ।

नर्सिङ संघको निर्वाचनमा भाग लिनका लागि परिषद्मा दर्ता भएर हुँदैन संघकै सदस्य हुनुपर्छ ।

यसपटक निर्वाचनमा प्रा मनकुमारी राई नेतृत्वको प्यानल र प्रा मुना राना नेतृत्वको प्यानल प्रतिस्पर्धामा छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *