स्वास्थ्यको समायोजन त्रुटि मन्त्रिपरिषदले सच्यायो, अब तह-पद घटुवा नहुने

13.3k
Shares

काठमाडौँ, ८ पुस । स्वास्थ्यको समायोजनमा भएको त्रुटि मन्त्रिपरिषद बैठकले सच्याएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले समायोजनको क्रममा तह तथा पद घटुवा भएको त्रुटि सच्याउने निर्णय गरेको हो ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले निजामती किताव खानामा भएको विवरण अनुसार नै पद तथा तह कायम हुने गरी निर्णय भएको बताए । ‘समायोजनका क्रममा कतिपय कर्मचारीको तह तथा पद घटुवा भएको रहेछ । त्यसलाई हिजोको मन्त्रिपरिषद बैठकले टुगो लगाएको छ । अब पद घटुवा हुँदैन,’ उनले भने ।

यसअघि तह तथा पद घटुवामा परेका स्वास्थ्यकर्मीहरुले सर्बोच्च अदालतमा मुद्धा हालेर व्यक्तिगत रुपमा समायोजनको घटुवा गर्ने निर्णय उल्ट्याउँदै आएका थिए । स्वास्थ्यले सर्बोच्चको आदेश ल्याउने स्वास्थयकर्मीलाई समायोजन सच्याएर पठाउने निर्णय गर्दैथियो ।

समायोजनले अप्राविधिक ठाँउमा पुगेका प्राविधिकलाई पनि फर्काउन सकिने

यस्तै सोमबारकै बैठकले अप्राविधिक ठाँउमा पुगेका प्राविधिकलाई पनि फिर्ता गर्न सकिने निर्णय गरेको छ । ‘अस्पतालमा काम गरिरहेको स्वास्थ्यकर्मी अथवा चिकित्सक स्थानीय तहमा जाने र त्यहाँ उसको विशेषज्ञता प्रयोगमा ल्याउन नसक्ने अवस्था पनि कतिपय ठाँउमा देखियो । यस्ता प्राविधिज्ञलाई पुरानै ठाँउमा वा काम लाग्ने ठाँउमा ल्याउन लैजान सक्ने निर्णय भएको छ,’ मन्त्री ढकालले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “स्वास्थ्यको समायोजन त्रुटि मन्त्रिपरिषदले सच्यायो, अब तह-पद घटुवा नहुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *