नर्सिङ संघको निर्वाचन : मनकुमारी राई समूहद्धारा १९ बुँदे घोषणापत्र सार्वजनिक

काठमाडौँ, २५ मंसिर ।  आगामी ९ पुसमा हुन लागेको नेपाल नर्सिङ संघको १९ औँ कार्यसमिति निर्वाचनमा उम्मेद्धारी दिएको प्राध्यापक मनकुमारी राई समूहले १९ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी घोषणा पत्र सार्वजनिक गरेको हो ।

घोषणा पत्रमा उक्त समूहले नर्सहरुको पेशागत हक हित र सुरक्षालाई प्राथमिकतामा राखेको छ । यस्तै नर्सहरुको क्षमता विकास, नर्सिङ शिक्षालाई सर्वसुलभ र बैज्ञानिक बनाउने, सरकारी सेवामा उच्च तहसम्म नर्सिङ समूहबाट पुर्याउन नीतिगत रुपमा व्यवस्था गर्न पहल गर्ने लगायतका बुदाहरु पनि समावेश गरेको छ ।

अध्यक्षका प्रत्यासी राईले अघिल्ला कार्यसमितिले गरेका राम्रो कार्यलाई निरन्तरता दिने र नर्सहरुको हक हितलाई केन्द्रीत गरि थप नयाँ योजना घोषणा पत्रमा सार्वजनिक गरिएको बताईन । महाराजगञ्ज नर्सिङ क्याम्पसबाट अवकाश लिइसकेकी राईले आफूलाई अब झन् पुरा समय नर्सहरुको हक हितमा कार्य बाटो खुलेको दावी गरिन् ।

कार्यक्रममा बर्तमान कार्य समितिका अध्यक्ष प्राध्यापक तारा पोखरेल, उपाध्यक्ष अप्सरा पाण्डे, सल्लाकार प्राध्यापक सरला केसी, सानु तुलाधर लगायतले राईको टीमलाई शुभकामना दिएका थिए ।

सो अवसरमा बोल्दै अध्यक्ष पोखरेलले संघीय संरचनामा मुलुक प्रवेश गरेको अवस्था र विधानमा केही परिवर्तन गर्नु पर्ने अवस्था भएकोले तोकिएको भन्दा केही ढिलो निर्वाचन हुन गएको बताइन । उनले बर्तमान कार्यसमितिले नर्सिङ पेशालाई सुरक्षित र व्यवस्थित बनाउनुको साथै नर्सिङ अधिकारका लागि निरन्तर लडिरहेको बताइन ।

उपाध्यक्ष पाण्डेले अहिलेको कार्यसमितिले पेशागत हक हित र सुरक्षाका लागि निकै काम गरेको भन्दै बाँकी काम राई नेतृत्वको टिमले सम्हाल्ने बताइन । सो अवसरमा उनले बर्तमान कार्यसमितिले गरेका महत्वपूर्ण कामहरुको सूची समेत प्रस्तुत गरेकी थिइन ।

‘हामीले स्कुल नर्सको मुद्धा उठायौँ । अहिले लागू भइरहेको अवस्था छ । भोलेन्टियरको रुपमा नर्सलाई राख्न पाइदैन भनेर आवाज उठायौँ । राज्यले त्यसको सम्वोधन गरेको छ । त्यस्तो कुनै अस्पतालले गरेको छ भने उजुरी आएमा कारवाही हुन्छ । चिकित्सा शिक्षा आयोगमा नर्सलाई बाईपास गरिएको थियो । हामीले आवाज उठायौँ र त्यसको सदस्यमा पदेन सदस्य हुने व्यवस्था मिलायौँ । अब हामीले औद्योगिक क्षेत्रमा नर्स हुनुपर्छ भनेर आवाज उठाएका छौँ । नर्सिङ क्षेत्रमा कन्टिनिउ, प्रोफेसनल डेभलपमेन्ट (सीपीडी)शुरु गर्नेवाला छौँ । यी लगायत धेरै पेशागत हक हित र सुरक्षाका लागि मुद्धा उठायौँ र सफल भयौँ । केही बाँकी कामहरु अव राई नेतृत्वको समूहले गर्नेछ,’ उपाध्यक्ष पाण्डेले भनिन् ।

कार्यक्रममा राई नेतृत्वको समूहबाट उम्मेद्धार दिएकाहरुले परिचय समेत गराइएको थियो । राई समूहबाट बरिष्ठ उपाध्यक्षमा रमेश सुब्बा, उपाध्यक्षमा मिना बानिया, महासचिवमा नर्बदा थापा छन् ।

यस्तै सचिवमा प्रमिला थकाली, कोषाध्यक्षमा कल्पना श्रेष्ठ, सदस्यमा खुल्ला तर्फ बिजया अधिकारी, सदस्यमा जनजाति तर्फबाट हरिप्रसाद कोजु, आदिवासी तर्फबाट सोनु शेर्पा, दलित तर्फबाट सपना विकको उम्मेद्धारी परेको छ ।

यस्तै सदस्यमा मधेशी तर्फबाट अन्जुकुमारी महतो, मुस्लिमबाट कोहिनुर फारुकी, अनमी तर्फबाट अम्बिका पौडेल र सीता केसीले उम्मेद्धारी दिएका छन् ।

डा. राई समूहको घोषणा पत्र यस्तो छ: 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *