प्रधानमन्त्री ओलीको मनमोहन कार्डियो सेन्टरमा डायालासिस गरिँदै

340
Shares

काठमाडौँ, २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा हेमोडायालसिस गरिएको छ । पौने सात बजे मनमोहन सेन्टर पुगेका प्रधानमन्त्री ओलीको केही क्षण आराम गरे पछि डायालासिस शुरु गरिएको हो ।

‘अहिले उहाँको हेमो डायालासिस शुरु भएको छ । यो उहाँको नियमित डायलासिस हो । अरु केही समस्या होइन,’ मनमोहन सेन्टरमा भेटिएका डा रमेशसिंह भण्डारीले भने । उनले डायलासिस गरेपछि प्रधानमन्त्री आजै बालुवाटार फर्किन सक्ने बताए ।

प्रधानमन्त्री मनमोहन सेन्टरमा आएको केहीबेरमा प्राडा अरुण सायमी, डा भण्डारी र प्राडा उत्तमकृष्ण श्रेष्ठ अस्पताल पुगेका थिए । डा भण्डारी र श्रेष्ठ अहिले अस्पतालबाट बाहिरिई सकेका छन् ।

त्यसअघि प्रधानमन्त्री ओलीले निवासमै बसेर साग खेलकुदको समापन समारोह हेरेका थिए । उनले समापन समारोहमा भिडियो सन्देशमार्फत खेलाडी, अफिसियल तथा सबैलाई बधाई समेत दिएका थिए ।

प्रधानमन्त्रीले भोलिका लागि विजयी खेलाडी, प्रशिक्षक तथा खेला अधिकारीहरुलाई बालुवाटारमा निम्तो समेत दिएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *