कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुरु भयो आरथ्रोस्कोपी शल्यक्रिया
जुम्ला, ७ मंसिर । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आरथ्रोस्कोपी शल्यक्रिया (दुरबीनको सहायताले जोर्नीको नसा च्यापिएको शल्यक्रिया) सेवा शुरु भएको छ । चिकित्सकहरुको टोलीले शुक्रबार मात्रै दुईवटा आरथ्रोस्कोपी शल्यक्रिया गरेका छन् ।
एक जना ४३ बर्षीया महिलाको घुडाँको जोर्नीको शल्यक्रिया गरियो । अर्को एक जना ३० बर्षीय पुरुषको कुमको जोर्नीको शल्यक्रिया गरियो । हाडजोर्नी विभाग प्रमुख डा मंगल रावलले भने ।
हाडजोर्नी उपचारमा जटिल र महंगो मानिने यो सेवा अमेरिकी चिकित्सक माइक भ्यान एनरिउको सहयोगमा शुरु भएको हो । नेपालगञ्ज तथा काठमाडौँमा चार पाँच लाख सम्म लाग्ने यो शल्यक्रिया सेवा जुम्लामा भने निकै सस्तो ४० ५० हजार रुपैयाँमा सम्पन्न हुने डा रावलले बताए ।
शुक्रबार दुईवटा केश डा रावलको नेतृत्वमा डा धनबहादुर कार्की, डा पुजन रोकायाको टोलीले सम्पन्न गरेको थियो । त्यसमा अमेरिकी चिकित्सक डा एनरियुको विशेष सहयोग थियो भने एनेस्थेसियामा डा रविन खापुङ र डा अर्जुन तिवारी खटिएका थिए ।
डा रावलले यतिवेला प्रतिष्ठानमा हाडजोर्नी सम्वन्धी अत्यन्त जटिल केशको उपचार गर्न उपकरण जनशक्ति र पूर्वाधार बनेको बताए ।
केही वर्ष अघिसम्म डाक्टर देख्न नपाउने कर्णालीबासीले प्रतिष्ठान खुलेपछि जटिल उपचार आफ्नै ठाँउमा पाएका छन् ।
सम्पर्क इमेल : [email protected]