चिकित्सा शिक्षा आयोगमा चार जना निर्देशकको नियुक्ती, कसलाई के जिम्मेवारी ?

2.3k
Shares

काठमाडौँ, ६ मंसिर । चिकित्सा शिक्षा आयोगमा चार जना निर्देशक नियुक्ति गरिएको छ । नियुक्ति गरिएकामा प्राडा दिलिप शर्मा, प्राडा रमेश आचार्य, प्राडा संगरत्न बज्राचार्य र प्राडा आरती शाह छन् ।

आयोगका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसंगको परामर्स पछि आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले उनीहरुलाई निर्देशकमा नियुक्ति गरेका हुन् ।

उपाध्यक्ष गिरीले चार जना निर्देशकलाई विहीबार नै नियुक्तिसंगै जिम्मेवारी समेत हस्तान्तरण गरेका छन् । जस अनुसार
मापदण्ड तथा प्रत्यायन निर्देशनालयमा प्राडा शर्मा , योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयमा प्राडा आचार्य, परीक्षा निर्देशनालयमा प्राडा संगरत्न बज्राचार्य र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजमा प्राडा आरती शाहलाई जिम्मेवारी दिइएको हो ।

गत कात्तिक २९ गते समितिका संयोजक डा उषा झाले उपाध्यक्ष गिरी समक्ष चार जनाको नाम सिफारिस गरेकी थिइन । निर्देशकको पदावधी चार बर्षको हुनेछ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *