संघका डाक्टरलाई प्रादेशिक अस्पतालमा पठाउने मन्त्री ढकालको पहिलो निर्णय

5.2k
Shares

काठमाडौँ, ५ मंसिर ।  संघ अन्तरर्गत परेका दुई जना चिकित्सकलाई तत्कालका लागि प्रादेशिक अस्पतालमा पठाउने निर्णय गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कार्यारम्भ गरेका छन् ।

पदवहाली पछि स्वास्थ्य सचिव खगराज बरालले प्रादेशिक अस्पताल कर्णालीमा संघ अन्तरगर्त रहेका दुई जना सर्जन पठाउनु पर्ने भन्दै फाईल लिएर मन्त्री ढकाल समक्ष पुगेका थिए । सोही फाइललाई मन्त्रीस्तरीय निर्णयबाट सदर गर्दै कामको थालनी गरेका हुन् ।

स्वास्थ्य मन्त्रालय ११ औं तहका जनरल सर्जनद्वय डा हरि सापकोटा र गणेश थापा समायोजनका क्रममा संघमा परेका थिए ।

उनीहरु संघमा समायोजन भएपनि कर्णालीमा सर्जनको अभाव भएकाले त्यहीँ बसेर काम गराउने निर्णय गराइएको सचिव खगराज बरालले बताए।

यसअघि स्वास्थ्य सचिवले हस्ताक्षर गर्न लगेको अर्को प्रस्ताव भने मन्त्रीले फर्काईदिएका थिए । स्वास्थ्य सचिव बराल र गुणस्तर तथा अनुगमन महाशाखाका प्रमुख डा दीपेन्द्ररमण सिंहले अस्पताल र औषधिको गुणस्तरको रणनीति बनाउन फाइल उठाएका थिए।

तर मन्त्री ढकालले तुरुन्तै नबुझिने र कार्यान्वयन गर्न पनि समय लाग्ने विषयमा थप अध्ययन जरुरी रहेको भन्दै फाइल नै फर्काइदिएका हुन्।

फाईल सदर पछि मन्त्री ढकालले विहान ८ बजे देखि नै मन्त्रालयमा आएर आफूले कामको थालनी गर्ने भन्दै त्यसका लागि सचिवलाई पनि केही दिन विहानको समय दिन आग्रह गरेका थिए

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *