स्वास्थ्य राज्यमन्त्री बने नवराज रावत, पुराना राज्यमन्त्री डा. सुरेन्द्र यादव मन्त्रिमण्डलबाटै आउट

6.1k
Shares

काठमाडौँ, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कानूनमा सरुवा गर्दा स्वास्थ्य राज्यमन्त्री रहेका डा सुरेन्द्र यादव भने अटाएनन् ।

राज्यमन्त्री यादव बर्हिगमन हुने मन्त्रीको सूचीमा परेका छन् ।

प्रधानमन्त्री ओलीले यसअघि कानून मन्त्री भएका भानुभक्त ढकाललाई स्वास्थ्यमा ल्याउँदा राज्यमन्त्रीमा नवराज रावतलाई जिम्मेवारी दिइएको छ ।

उनी तत्कालिन नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा निर्वाचनमा सुर्खेत २ बाट निर्वाचित सांसद हुन् ।

यसअघिका स्वास्थ्यराज्यमन्त्री डा यादव भने मेरुदण्डमा समस्या भएका कारण वीर अस्पतालमा भर्ना भएका छन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *