डा. केसीको माग पुरा गर्दै जीवन रक्षा गर्न नेपाल चिकित्सक संघको माग

212
Shares


काठमाडौँ,, २५ कात्तिक । नेपाल चिकित्सक संघले  १७ औँ आमरण अनसनमा रहेका डा. गोविन्द केसीको माग पुरा गर्न सरकारसँग माग गरेको छ।

संघले आज विज्ञप्ति जारी गर्दै डा. केसीको जीवन रक्षा गर्न वार्ता गरी समस्याको समाधानमा पहल गर्न माग गरेको हो।

‘नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई संविधानको भावना र मर्म बमोजिम स्थानीय तह सम्म पु¥याई सर्वसाधारण नागरिकहरुको सहज पहुँचका निम्ति पटक–पटक शान्तिपूर्ण सत्याग्रहको माध्यमबाट नेपाल सरकार तथा नीति निर्माण तहमा रहेकाहरुलाई सजग गराउँदै आएका डा. केसी र नेपाल चिकित्सक संघबीच बिगतमा भएका सम्झौताहरुको कार्यान्वयन गर्नु नेपाल सरकारको दायित्व भएको संघको ठहर गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *