डडेल्धुराबाट डा. केसीलाई स्थानान्तरण गर्ने तयारी, समर्थकले प्रहरीको बाटो छेके
काठमाडौँ २५ कात्तिक । स्वास्थ्य विग्रँदै गएपछि अनसनरत डा गोविन्द केसीलाई स्थानान्तरण गर्ने सरकारले तयारी गरेको छ । केही बेर अघि मात्रै स्थानीय प्रशासनले डा केसी अनसन बसेको डडेल्धुरा अस्पताल परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ । उता केसीका समर्थकले भने लैजान नदिने भन्दै प्रहरीको बाटो छेक्न खोज्दैछन् ।
‘अहिले अवस्था तनावग्रस्त छ,’ डा केसीलाई भेट्न डडेल्धुरा पुगेका डा पुष्पमणी खरालले टेलिफोनमा भने ।
डा खरालसहित डा कालुसिंह खत्री र डा तोशीमा कार्की डा केसीलाई भेट्न हिजो राती डडेल्धुरा पुगेका थिए । उनीहरुले डा केसीको अनसनप्रति ऐकेवद्धता समेत जनाएका छन् ।
‘हामीले हिजो राती र आज विहान गरी दुई पटक गयौँ र भेट्यौँ, स्वास्थ्य अवस्था एकदमै गम्भीर छ । त्यसैले हामीले काठमाडौँ जाउँ भन्यौँ तर उहाँले मान्नु भएन । अहिले अस्पताल परिसरमा झण्डै एक सयको सख्यामा प्रहरी परिचालन भएको छ । सम्भवत स्थानीय प्रशासनले जवरजस्ती उठाउन खोजेको हो कि भन्ने भान भइरहेको छ,’ डा खरालले भने ।
यसअघि डडेल्धुरा अस्पतालका मेसु डा जितेन्द्र कँडेलले डा केसीलाई जति सक्यो छिटो स्थानान्तरण गर्न माग गरेका थिए । उनले डा केसीको स्वास्थ्य अवस्था अस्पतालको क्षमता भन्दा बाहिर गईसकेको भन्दै त्यहाँबाट सुविधा सम्पन्न अस्प्तालमा लैजान आग्रह गरेका थिए ।
यसैबीच डा केसीको अनसनप्रति ऐकेवद्धता जनाउन डडेल्धुरा पुगेका डा खराल, खत्री र कार्कीले संयुक्त विज्ञप्ती जारी गर्दैै सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले सरकार डा केसीका माग पुरा गर्न भन्दा पनि पन्ध्रौँ अनसनमा जस्तै गरी अपहरण शैलीमा उठाउन उद्धत देखिएको भन्दै समझदारी ढंगले समाधानको प्रयास गर्न माग गरेका छन् । विज्ञप्तीमा उनीहरुले डा केसीको स्वास्थ्य अवस्था र डडेल्धुरा अस्पतालको क्षमताको बारेमा समेत उल्लेख गरेका छन् ।
यस्तो छ विज्ञप्ती

सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

