मेडिकल कलेजका विद्यार्थीद्धारा माइतीघर मण्डलामा ‘घेरावन्दी’

164
Shares

काठमाडौँ, १९ कात्तिक । तोकिएको भन्दा बढी शुल्क लिने मेडिकल कलेज विरुद्ध आन्दोलनतर विद्यार्थीहरुले आज माइतीघरमा प्रदर्शन गरेका छन् । सेतो एप्रोनमा सहभागी विद्यार्थीहरुले माइतीघर मण्डलालाई घेरा हालि प्रदर्शन गरेका हुन् ।

केही महिना अघि गठन भएको चिकित्सा शिक्षा संघर्ष समितिको आवहानमा भेला भएका विद्यार्थीहरुले मेडिकल कलेज सञ्चालकहरुलाई अतिरिक्त शुल्क फिर्ता गर्नुको सट्टा उल्टै गुण्डा लगाएर दमनमा उत्रिएको आरोप लगाएका छन् ।

मेडिकल शिक्षा माफियाको कब्जामा परेको भन्दै उनीहरुले सरकारका भूमिका सही नभएको बताएका छन् ।
‘सबै निकायमा पुग्दा पनि समस्याको सुनुवाइ भएपछि आन्दोलनमा उत्रिन बाध्य भएका हौं,’ चिकित्सा शिक्षा संघर्ष समितिका प्रवक्ता नरेश भट्टले भने।

देशभरका मेडिकल कलेजका विद्यार्थी काठमाडौं पुगेका छन्। उनीहरुले काठमाडौंमै आन्दोलन जारी राख्ने जनाएका छन्। यसको सुरुआत माइतीघर मण्डलबाट गरेका हुन्।

सेतो एप्रोन लगाएर सहभागी भएका विद्यार्थीहरुले प्लेकार्ड बोकेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *