मेडिकल कलेज शुल्क विवादका विषयमा मन्त्रालय र आयोगको संयुक्त विज्ञप्ती

काठमाडौँ, १७ कात्तिक ।  शिक्षा मन्त्रालय र चिकित्सा शिक्षा आयोगले सरकारले तोके अनुसारको शुल्क लिन मेडिकल कलेजहरुको पुन: ध्यानाकर्षण गराएको छ ।

निजी मेडिकल कलेजहरुले सरकारले तोकेभन्दा कैयौँ गुणा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरु आन्दोलित हुन थालेपछि सरकारले मेडिकल कलेजको ध्यानाकर्षण गराएको हो ।

मन्त्रालय र आयोगले आज संयुक्त विज्ञप्ती जारी गर्दै सरकारले तोकेको भन्दा बढी शुल्क लिए कारवाही गर्ने चेतावनी समेत दिएको छ ।

विज्ञप्तीमा विद्यार्थीहरुलाई बढी शुल्क तिर्नु परेको भए प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन समेत भनिएको छ ।

त्यसो त विज्ञप्तीमा आगामी शैक्षिक सत्रको लागि तय गरिएको नयाँ शुल्क समेत उल्लेख गरिएको छ ।

यस्तो छ विज्ञप्ती

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com