मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइराला नियुक्त

1.6k
Shares

काठमाडौं, १७ कात्तिक । सरकारले नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइरालालाई नियुक्त गरेको छ ।

आइतबार बसेकाे मन्त्रिपरिषद् बैठकले डा. कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको हाे।

यस अघि काउन्सिलका अध्यक्ष प्राडा धर्मकान्त बाँस्कोटाको पदाबी सकिए पछि काउन्सिलको अध्यक्ष पद खालि थियो।

उपचारसंगै व्यवस्थाकीय क्षमतामा अब्बल मानिने प्राडा कोइराला यसअघि शहीद गंगालाल राष्ट्रिय हृदयकेन्द्र, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट केन्द्र र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक भईसकेका छन् । उनी चिकित्सा शिक्षा सुधारका लागि गठन भएको माथेमा कार्यदलमा समेत रहेका थिए ।

त्यसो त शिक्षा मन्त्री गिरिराजमणी पोखरेलको संयोजकत्वमा गठन भएको त्रिविको उपकुलपति सर्च कमिटिले प्राडा कोइरालाको नाम उपकुलपतिमा समेत सिफारिस भएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *