केयुद्धारा एमबीबीएस र बीडीएस प्रवेश परीक्षाको नतिजा पुन: प्रकाशित

1.8k
Shares

काठमाडौँ, ११ असोज । काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजले गत साता प्रकाशित गरेको एमबीबीएस तथा बीडीएस प्रवेश परीक्षाको नतिजा त्रुटी देखिएको भन्दै पुन प्रकाशित गरेको छ । नयाँ नतिजामा २५० बढी विद्यार्थीको नतिजा परिवर्तन देखिएको छ ।

केयुले पछिल्लो नतिजामा चित्त नबुझे विद्यार्थीलाई उत्तर पुस्तिका नै हेर्न पाउने व्यवस्था समेत मिलाएको छ ।

स्कुल अफ मेडिकल साइन्सेसका डीन प्राडा राजेन्द्र कोजुका अनुसार नतिजामा त्रुटि फेला परेपछि पुन त्रुटि सच्याएर नयाँ नतिजा निकालिएको हो।

गत ४ असोजमा लिइएको प्रवेश परीक्षाको नतिजा सोही दिन साझ प्रकाशित गरिएको थियो । सो नतिजामा १ हजार बढी विद्यार्थीले रिटोटलिङ गरेपछि डीन कार्यालयले परीक्षाको नतिजा प्रति पुन छानवीन गरेको थियो । सो क्रममा धेरै त्रुटि भेटिएपछि नतिजा नै पुन प्रकाशित गर्नुपरेको डीन कोजुले बताए ।

उनले केही विद्यार्थीले उत्तरपुस्तिकामा अरुकै सिम्वोल नम्बर राखी बदमासि गरेको समेत बताए । ‘केहीले बदमासी गर्दा नतिजामै गडबडी भएको समेत पाइयो ।अहिले यो पनि सच्चिएको छ,’ उनले भने ।

केयुले दोस्रो पटक सार्वजनिक गरेको नतिजा यस्तो छ :

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *