लाइसेन्स परीक्षा दिन आएका दुई नक्कली डाक्टर पक्राउ
काठमाडौं – नेपाल मेडिकल काउन्सिलले लिएको लाइसेन्स परीक्षामा दुई जना नक्कली प्रमाणपत्रधारी डाक्टर पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा पृथ्वीनारायण यादव र राजीवकुमार झा रहेका छन् ।
सानो भर्याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज भएको लाइसेन्स परीक्षामा परीक्षा दिन आएका उनीहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले पक्राउ गरेको हो ।
काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारीका अनुसार उनीहरुको प्रमाणपत्र छानबीन गर्दा नक्कली पाइएपछि पहिले देखिनै निगरानी गरिएको थियो ।
अहिले परीक्षा दिन आएका बेला (सीआइबी) ले पक्राउ गरेको हो । शनिबारको परीक्षाका लागि १५ सय २५ जनाले फारम भरेका थिए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 





Ìwhy you targeted only madeshi tarai yours news paper not published news about chitwan medical college it your relatives?