एमबीबीएस बीडीएसको प्रवेश परीक्षा स्थगित गर्न यसअघि दिएको आदेश सर्बोच्चद्धारा खारेज

516
Shares

काठमाडौँ, २९ भदौ । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) को एमबीबीएस, बीडीएस, नर्सिङ, फार्मेसी लगायत स्नातक तहको प्रवेश परीक्षा रोक्न यसअघि जारी गरेको अन्तरिम आदेश खारेज गरिदिएको छ ।

न्यायाधीशद्धय इश्वरबहादुर खतिवडा, डा मनोजकुमार शर्माको संयुक्त इजलाशले प्रवेश परीक्षा रोक्न यसअघि जारी गरेको अन्तरिम आदेश खारेज गरेको हो ।

अदालतबाट अन्तरिम आदेश खारेज भएसँगै आइओएमलाई प्रवेश परीक्षा लिन बाटो खुलेको छ। अब आइओएमले परीक्षाको नयाँ मिति तोकेर सोही अनुसार परीक्षा सञ्चालन गर्न सक्नेछ।

त्रिवि आईओएमको प्रवेश परीक्षा हुनुभन्दा दुई दिन अघि १९ भदौमा विद्यार्थी आयुष ओझाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगनखेल , प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरबार, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र काठमाडौ विश्वविद्यालय स्कुल अफ मेडिकल साईन्सलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

सो रिटमा सर्बोच्चले २० भदौमा सुनुवाई गर्दै २१ देखि २४ भदौका लागि तय गरेको त्रिवि आईओएमको प्रवेश परीक्षा समेत स्थगित गर्न अन्तरिम आदेश दिएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *