आईओएमद्धारा एमबीबीएस सहित स्नातक तहका सबै विषयको प्रवेश परीक्षा स्थगित
काठमाडौँ, २० भदौ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान् (आईओएम)ले एमबीबीएस सहित स्नातक तहका सबै विषयका प्रवेश परीक्षा स्थगित गरेको छ । केही बेर अघि सम्पन्न परीक्षा समितिको बैठकले सर्बोच्च अदालतको आदेश बमोजिम एमबीबीएस सहित सबै विषयको परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
विद्यार्थी आयुष ओझाले विहीबार दायर गरेको रिटमा सुनुवाई गर्दै सर्बोच्च अदालतले आईओएमद्धारा शनिबार गर्न लागेको एमबीबीएस तहको परीक्षा स्थगित गर्न अन्तरिम आदेश दिएको थियो ।
त्यस लगत्तै बेलुका आईओएम पदाधिकारीहरुको बैठक बसेको थियो । शुरुमा एमबीबीएस तहको परीक्षा मात्रै अर्को आदेश नहुँदासम्मका लागि स्थगित गरेको भन्दै सूचना जारी गरेको आईओएमले केहीवेर पछि स्नातक तहका सबै विषयका परीक्षा स्थगित गरिएको अर्को सूचना जारी गरेको छ ।
आईओएमले २१ देखि २४ भदौसम्म एमबीबीएस, बीएस्सी नर्सिङ, बीएएमएस, बी फार्मेसी, बीएससी एमआईटी, बीओपीटीओएम, बीएएसएलपी, वीपरफुसन टेक, वीएससी एमएलटी, बीपीएचको विषयको प्रवेश परीक्षा लिदै थियो ।
आइओएमले शुरुमा यस्तो सूचना निकाल्यो
त्यसपछि फेरी यस्तो सूचना निकाल्यो
सम्पर्क इमेल : [email protected]