आईओएमद्धारा एमबीबीएस सहित स्नातक तहका सबै विषयको प्रवेश परीक्षा स्थगित

1.1k
Shares

काठमाडौँ, २० भदौ ।  त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान् (आईओएम)ले एमबीबीएस सहित स्नातक तहका सबै विषयका प्रवेश परीक्षा स्थगित गरेको छ । केही बेर अघि सम्पन्न परीक्षा समितिको बैठकले सर्बोच्च अदालतको आदेश बमोजिम एमबीबीएस सहित सबै विषयको परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

विद्यार्थी आयुष ओझाले विहीबार दायर गरेको रिटमा सुनुवाई गर्दै सर्बोच्च अदालतले आईओएमद्धारा शनिबार गर्न लागेको एमबीबीएस तहको परीक्षा स्थगित गर्न अन्तरिम आदेश दिएको थियो ।

त्यस लगत्तै बेलुका आईओएम पदाधिकारीहरुको बैठक बसेको थियो । शुरुमा एमबीबीएस तहको परीक्षा मात्रै अर्को आदेश नहुँदासम्मका लागि स्थगित गरेको भन्दै सूचना जारी गरेको आईओएमले केहीवेर पछि स्नातक तहका सबै विषयका परीक्षा स्थगित गरिएको अर्को सूचना जारी गरेको छ ।

आईओएमले २१ देखि २४ भदौसम्म एमबीबीएस, बीएस्सी नर्सिङ, बीएएमएस, बी फार्मेसी, बीएससी एमआईटी, बीओपीटीओएम, बीएएसएलपी, वीपरफुसन टेक, वीएससी एमएलटी, बीपीएचको विषयको प्रवेश परीक्षा लिदै थियो ।

आइओएमले शुरुमा यस्तो सूचना निकाल्यो

त्यसपछि फेरी यस्तो सूचना निकाल्यो

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *